कांग्रेसको गुल्मीको सम्मेलन मंसिर ९ र १० मा हुने
रुपन्देही । नेपाली कांग्रेस गुल्मीले मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस गुल्मीले सोमबार तम्घासमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।
सम्मेलनमा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र केसी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहितका नेता आउने जिल्ला सभापति खिलध्वज पन्थीले बताए ।
सम्मेलनले पार्टीको अहिलेसम्म जिल्लामा भएका गतिविधि, नयाँ दहरुबाट पुराना दललाई देखिएको चुनौती र भावी कार्यदिशाका विषयमा गहन ढंगले छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए । सम्मेलनका लागि एक हजार ७४६ जना प्रतिनिधि छानिएका छन् ।