दोहोरो अंकले घट्यो शेयर बजार, एक महिना यता १८०० बिन्दुको घेरामा नेप्से – Nepal Press

दोहोरो अंकले घट्यो शेयर बजार, एक महिना यता १८०० बिन्दुको घेरामा नेप्से

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ बिन्दुमा कायम भएको हो ।

जहाँ गत एक महिनादेखि शेयर बजार १८०० को मनोवैज्ञानीक बिन्दुभन्दा माथि जान सकेको छैन । यसअघि गत कात्तिक २ गते अन्तिम पटक परिसूचक १९०३.८४ बिन्दुका पुगेको थियो । त्यसयता एक महिनापछि सम्म पनि नेप्से परिसूचक १८०० को बिन्दुको घेरामा नै रहेको छ ।

आज बजारमा ३६ लाख ७५ हजार १०१ रुपैयाँको कारोबार हुदाँ ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा मेँछियम हाइड्रोपावर लिमिटेड, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड२ का लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड,महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी, कारोबारका आधारमा आज हिमालयन डिस्टीलिरी लिमिटेड ७ करोड ७८ लाख २९ हजार २३८ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

मंगलबार बजार पूँजीकरण २८ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर