युनिलिभर नेपालद्वारा भूकम्प प्रभावित समुदायलाई एक करोड सहयोग – Nepal Press

युनिलिभर नेपालद्वारा भूकम्प प्रभावित समुदायलाई एक करोड सहयोग

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्प प्रभावितलाई राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापना कार्यलाई साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको हो ।

कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छ ।

भूकम्प प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राइ फुड, हर्लिक्स, सुपलगायतका तत्काल राहत सामग्री पुर्‍याउँदा कम्पनीले मानवीय तथा भौतिक क्षतिले हुने पीडा महसुस गर्दै थप आर्थिक सहयोग गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर