निवेदन दर्ताकाे ४ महिनापछि उच्च अदालतमा सुरु भयो भुटानी शरणार्थी प्रकरणको पुनरावेदन सुनुवाइ – Nepal Press

निवेदन दर्ताकाे ४ महिनापछि उच्च अदालतमा सुरु भयो भुटानी शरणार्थी प्रकरणको पुनरावेदन सुनुवाइ

काठमाडौं । हाई-प्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्ध परेको पुनरावेदनमा मंगलबारदेखि पाटन उच्च अदालतमा सुनुवाइ सुरु भएको छ । जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनुवाइ सुरु भएको हो ।

पहिलो दिन प्रतिवादी नरेन्द्र केसी, टेकनारायण पाण्डे र आङटावा शेर्पाका कानून व्यवसायीले बहस गरेका छन् । सरकारबाट २ र प्रतिवादीतर्फबाट २० वटा पुनरावेदन दर्ता गरिएकाे थियाे । काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

धरौटीमा छुटेका प्रतिवादी र धरौटीमा छाडिएको भन्दै सरकार पक्षले पनि पुनरावेदन गरेको हो । साउन १२ देखि कात्तिक १६ गतेसम्म विभिन्न मितिमा निवेदन दर्ता भएको थियो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव पाण्डे, सांसद टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित थुनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *