पार्टी पंक्तिलाई ओलीको आग्रह- वामपन्थी एकता पपुलिष्ट कुरा हुन्, नगर्नुस् (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै उनले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताए ।
ओलीले भने, ‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा पपुलिष्ट कुराहरू हुन् । नगर्न म साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको । वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो । त्यतिबेला त्यो अवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथौं । काम गर्न सक्दैनथ्यौं । हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौं ।’
अरुका स्वार्थको लागि काम गर्न शक्तिहरू वामपन्थी हुन नसक्ने उनको तर्क छ ।