बुक विल्डिङबाट पहिलो पटक सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो, के हो बुक विल्डिङ ? – Nepal Press

बुक विल्डिङबाट पहिलो पटक सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो, के हो बुक विल्डिङ ?

काठमाडौं । पहिलो पटक नेपालमा बुक बिल्डिङ प्रक्रियाबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । सर्वोत्तम सिमेन्टको पहिलो पटक बुक बिल्डिङ आईपीओ ल्याएको हो ।

सर्वोत्तमको बुक विल्डिङ विधिमार्फत पहिलो चरणमा आज मंसिर ६ देखि १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन खुला भएको हो ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ अर्ब रुपैयाँको १२.९०३३ प्रतिशत बराबरको ६० लाख कित्ता शेयर जारी गर्न अनुमति पाएको छ । त्यसमध्ये २४ लाख कित्ता शेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो । दोस्रो चरणमा बाँकी शेयर सर्वसाधारणको लागि खुला हुनेछ ।

प्रतिकित्ता ४०१ देखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको कम्पनीले जनाएको छ ।

के हो बुक विल्डिङ ?

शेयर निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि बुक विल्डिङ हो ।

योग्य संस्थागत लगानीकर्ताले तोकेको मूल्यमा (अंकित वा प्रिमियम) प्राथमिक शेयर निष्कासन गरिन्छ । साथै यसमा बजारको मागअनुसार नै मूल्य निर्धारण गरेर सोही निर्धारित मूल्यमा शेयर निष्कासन गरिन्छ । कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बुक बिल्डिङ गरिन्छ ।

यसमा योग्य लगानीकर्ताले तोकिएको मूल्य सीमाभित्र रहेर वा न्यूनतम मूल्यभन्दा माथि धितोपत्र खरिदका लागि बोलकबोल गर्ने गरिन्छ । बुक विल्डिङमा तोकिएको मूल्य प्रिमियम मूल्यभन्दा पारदर्शी हुने गर्छ । यसमा सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्यलाई कट अफ प्राइस मानेर उक्त मूल्य र सोभन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिने गरिन्छ । कट अफ प्राइस नै धितोपत्र निष्कासनको निर्धारण भएको मूल्य हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *