भोलि अत्यावश्यक परेमात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध – Nepal Press

भोलि अत्यावश्यक परेमात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यका भरि सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ ।

आन्दोलनका कारण सडकमा असहज हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने जनाएको छ ।भाेलि मेडिकल व्यवसायी दुर्गा प्रसाई‌ं र नेकपा एमाले निकट युवास‌ंघले छुट्टाछुटै प्रदर्शन गर्ने तयारी गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *