फेरि गयो भूकम्प – Nepal Press

फेरि गयो भूकम्प

काठमाडौं । जाजरकोट भूकम्पको पीडा कम हुन नपाउँदै फेरि भूकम्प गएको छ ।

गएराति काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएकाे हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुर केन्द्रबिन्दु भएर विहान १ बजे १९ मिनेटमा ४ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको हो ।

केन्द्रबिन्दु मकवानपुरको चित्लाङ आसपास रहेको केन्द्रले जनाएको छ।

धक्का मकवानपुर, धादिङ र काठमाडौं लगायतका जिल्लामा महसुस भएको छ ।

भूकम्पबाट भएकाे क्षतिको विवरण भने अहिलेसम्म आइसकेकाे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *