दाङ देउखुरीका चार सहकारीको एकीकरण बदर – Nepal Press

दाङ देउखुरीका चार सहकारीको एकीकरण बदर

रुपन्देही । दाङ देउखुरीका चार सहकारीको एकीकरण प्रकृया बदर भएको छ ।

उनीहरुलाई लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले साविकका सहकारी संस्था सञ्चालन गर्न अधिकार प्रदान गरेको हो । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको एकीकरण प्रक्रिया खारेज गरेसँगै चारवटै सहकारी संस्थाले पुनर्जीवन पाएकाले सहकारी संस्थाको कारोबार सञ्चालन गर्न अधिकार प्रदान गरेको छ ।

कात्तिक १ गते बसेको बैठकले सहकारी एकीकरणको निर्णय बदर गर्दै साविकका हरियाली बचत तथा ऋण सहकारी संस्था, महाप्रभु बचत तथा ऋण सहकारी संस्था, विहानी बचत तथा ऋण सहकारी संस्था, जनजीविका बचत तथा ऋण सहकारी संस्था पुनर्जीवित भएको र कार्यान्वयनको लागि सहकारी दर्ता अधिकारीको कार्यालयले पत्राचार गरेको छ । सहकारी दर्ता प्रमाणपत्र, विनियम र प्रचलित ऐन, कानूनको अधिनमा रहेर काम गर्न अनुरोध गरिएको छ । साथै तीन महिनाभित्र लेखा परीक्षण, कर चुक्ता र साधारणसभा सम्पन्न गरेर कार्यालयमा प्रतिवेदन पेश गर्न आग्रह गरिएको छ ।

यसैबीच हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्लले २०७७ पुस २७ गतेपछि बनेका सदस्यहरू दियो सेवा केन्द्र लमहीका सदस्य, बाघनाथ सेवा केन्द्र गढवा–३ पुतलीबजार र हरियाली सेवा केन्द्र लमही–२ सुन्डबरी, मुख्य कार्यालय सिसहनियाबाट बनेका सदस्यहरुको शेयर पूँजी, सम्पत्ति तथा दायित्व सबै हरियाली बचत तथा सहकारी संस्था मातहतमा रहेको जानकारी दिए ।

एकीकरण भएको सहकारी संस्था बदर भइसकेपछि सदस्यले सहकारी छान्न पाउने अधिकार रहेको समेत जानकारी उनले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर