आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित
नेपाल प्रेस
२०८० मंसिर ७ गते १४:३८
काठमाडौं । समग्र रेमिट्यान्स कम्पनीमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।
बिहीबार राष्ट्रिय कर दिवस २०८० का दिन आन्तरिक राजश्व विभागले आइएम्ई लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित गरेको हो । जहाँ अर्थ मन्त्री डा. प्रकाशशरण महतले आइएमई ग्रुपका प्रबन्ध निर्देशक आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकाललाई सम्मानित गरेका हुन् ।
आर्थिक वर्ष २०७८-७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर