शेयर बजारमा वृद्धि, कारोबार रकम पनि बढ्यो – Nepal Press

शेयर बजारमा वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सुधार देखिएको छ ।

बिहीबार शेयर बजार ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा कायम भएको छ भने अघिल्लो दिन बुधबार मात्रै २० अंकले बढेको थियो ।

यसदिन बजारमा ४४ लाख २० हजार ५१८ कित्ता शेयरको खरिबिक्री हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँको कारोबार भएको छ । जहाँ घिल्लो दिन बुधबार मात्रै एक अर्ब आठ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको यिो । शेयर बजार बढेसंगै आज कारोबार पनि बढेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, थ्रि स्टार हाइड्रोपावर लिमिटेड र सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने नबिल बैंक लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, कारोबारका आधारमा नबिल बैंक १३ करोड १० लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *