महोत्तरीमा श्रोत नखुलेको ८ लाख बढी रुपैयाँसहित दुई जना पक्राउ


जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा क्षेत्रबाट आठ लाख बढी रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका ३ का २८ बर्षीय रमेश कुमार साह र रामगोपालपुर नगरपालिकाका ३२ बर्षीय अनिल चौधरी छन् । उनीहरुबाट नेपाली रुपैया ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरिएको छ ।
भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२(००६ प(१६२१ नम्बरको मोटरसाईकललाई चेकजाँच उनीहरुबाट सो रकम बरामद भएको र स्रोत खुलाउन नसक्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाका प्रहरी निरीक्षक सुवाश पहाडीले जानकारी दिए ।
पक्राउ परेका दुबैजना , मोटरसाईकल र नगद रुपैया थप अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।