बुटवलमा स्वरूप फेरिएको ११ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा – Nepal Press

बुटवलमा स्वरूप फेरिएको ११ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

रूपन्देही । बुटवलमा प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

स्वरुप परिवर्तनसँगै स्टन्ट गर्दै ध्वनि प्रदूषण र ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

केही चालकहरुले मोटरसाइकलको स्वरुप परिवर्तन गरी सार्वजनिक स्थान एवं सडकमा अस्वाभाविक तवरवाट सवारी आवागमनमा बाधा पर्ने गरी समूह बनाइ मोटरसाइकल स्टन्ट गर्ने, अस्वाभाविक ध्वनि निकाली प्रदूषण गर्नेलगायतका कार्य गरी सवारी नियम उल्लंघन गर्ने मोटरसाइकलाई नियन्त्रणमा लिइएको उनले बताए ।

ती मोटरसाइकलको अस्वाभिवक एवं गैरकानूनी क्रियाकलापको भिडियो बनाई विभिन्न सामाजिक सञ्जालहरुमा राख्ने गरेको सूचनाको आधारमा ती सवारीसाधन नियन्त्रणमा लिइएको डीएसपी थापाले जानकारी दिए ।

उनका अनुसार ती मोटरसाइकलहरु बुटवलको मिलनचोक, कालिकानगर, बेलबासलगायतका स्थानबाट तालुक राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिइएको हो ।

मोटरसाइकल चालकहरुलाई तारिखमा राखेर आवश्यक अनुसन्धान भइरहेको थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *