जीवित मान्छेलाई मरेको भनि मृत्यु दर्ता गराएर सामाजिक सुरक्षा भत्ता दिने वडा सचिवसहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

जीवित मान्छेलाई मरेको भनि मृत्यु दर्ता गराएर सामाजिक सुरक्षा भत्ता दिने वडा सचिवसहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुईजना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वडा सचिव महतोले स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जीवित श्रीमानको मुत्यु भएको भन्दै जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखत तयार गरेर ४५ हजार २२० रुपैयाँ हानिनोक्सानी गरेकोले महतो र खत्रीविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कार्यमा संलग्न मुख्य कसूरदार महतोलाई ४५ हजार २२० रुपैयाँ विगो कायम गरेको आयोगका प्रवक्ता एवम सहसचिव भोला दाहालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर