ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन् (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी : चेतना नभएका मुर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्था’ लाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरे ।

आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे ।

ओलीको भनाइः

‘केही तत्वहरु हेर्दा… हेर्दा… हेर्दा… हेर्दा… वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ १५ वर्षअघि नै प्mयाँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र…. एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने… मैले भनेँ भने चित्त दुखाउँछन्… चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा… लाटो जन्मिन्छ कि गँजडी, ड्रगिष्ट, लफङ्गा भएर जन्मिन्छ कि… जन्मिँदै राजा हुने ? त्यही हुनपर्छ भन्ने ? कठैबरी ।

नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना हो होइन, मुर्खता हो । कतिपय देशले ऐतिहासिक कारणले जनतासँग सम्झौता गरेका होलान् । अरु देशका मामलामा हामी बोलिरहेका छैनौं । हाम्रो देशमा चाहीँ राजतन्त्र काम लाग्दैन भनेर जनताले फ्याकेका हुन् । यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण के ? अनि विकास हुनै नसक्नुको कारण के ? २४० वर्ष राजतन्त्रले खायो । शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार सबै देशमा हुँदा पनि हाम्रो देशमा किन नभएको ? जङ्गबहादुरको शासन १९०३ मा आएपछि त्यसको सात वर्षपछि दरबार स्कुल बन्यो । त्योभन्दा अगाडि राजाहरुले किन खोलेनन् स्कुल ? जनता पढाउने नीति थियो ? होइन, जनतालाई अन्धकारमा राख्नुपर्छ भन्थे । अनि राजतन्त्रले के केन गर्यो भन्ने कहाँबाट आउँछ ?

सति प्रथा उन्मुलन गरेको राजतन्त्रले होइन । त्यति त बरु राणाले गरेका थिए हउ । दास राख्न पाइँदैन भन्ने राणाले घोषणा गरे, राजाले किन गरेनन् ? २४० वर्षमा १ सय ३३ वर्ष त राजा एक्लैले खाएको थियो होला त, के हेरेर बसे त ? राजा भएर बस्ने, दुनियालाई दुख दिने । त्यो बाहेक केही गरेनन् ।

अहिले मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन् । त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौं भनेर रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर