एभरेष्ट बैंकद्वारा भैरहवामा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न – Nepal Press

एभरेष्ट बैंकद्वारा भैरहवामा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भैरहवाको मायादेवी गाउँपालिकामा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले मायादेवी गाउँपालिका–३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा एटिएमको उद्घाटन गरेको हो । जहाँ एटीएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् ।

त्यस्तै, बैंकले एटीएम उद्घाटनसँगै मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्यो । जहाँ बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराए ।

कार्यक्रममा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम् सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका स्थानिय बासन्दालाई सेवाले थप सहज र सरल हुने बताए मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम् सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यावाद ज्ञापन गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर