दाङमा १० करोड भारु नोटका मुख्य योजनाकार र सहयोगी समातिए – Nepal Press

दाङमा १० करोड भारु नोटका मुख्य योजनाकार र सहयोगी समातिए

तुलसीपुर । भारतीय रुपैयाँ नोटको कारोबारमा विवाद उत्पन्न भएपछि मुख्य योजनाकार र पैसा लगानीकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

नेपाली १० करोड दिएर भारु १० करोड रातारात कमाउने योजनाका मुख्य योजनाकार घोराही उपमहानगरपालिका- १५ निवासी इन्जिनियर कुलराज खनाल र पैसा लगानीमा सहयोगी रहेका गुण्डा नाइके घोराहीका किशोर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय अगाडि नै भारु नोटको कारोबारको बारेमा कुरा नमिल्दा उनीहरुबीच विवाद भई हात हालाहालको अवस्था उत्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक एसपी रामबहादुर केसीले लेनदेनमा विवाद हुँदा दुवैबीचमा झगडा भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस् : रातारात १० करोड भारु कमाउन खोज्दा दाङका कांग्रेस नेताहरूको पोलापोल, मुख्य योजनाकार सुरक्षा माग्दै प्रहरीमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *