भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन थियोः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महशुस गरेको बताएका छन् ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताए । प्रधानमन्त्री दाहालले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको बताए । साथै, उनले कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताए ।
उनले भने,‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरु भूमिगत रुपबाट त्यहाँबाट सहयोग प्राप्त गर्यौँ । कार्यकर्ता प्राप्त गर्यौँ, लड्ने योद्धाहरु सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरु पनि भयो । सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्नेकुराको भुमिका रह्यो । त्यसो गर्नेमा राजनीतिक नेताहरुको भन्दा कमरेड खुशीराम पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरुको भुमिका बढी महत्वपूर्ण भयो । यसले निकै छिटो गतिमा नेपालीहरुलाई संगठित गर्न र आन्दोलित हुन उत्प्रेरित ग¥यो ।’
प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावि पुस्तालाई उहाँको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गरे ।
धिक्कार छ तिम्रो जनयुद्वलाई । ९० रूपैंयाको चिनीलाई १४० मा बेच्न दिएर जनतालाई लुटेर कमिशन खान गरेको जनयुद्वको नेपालीलाई के मतलव ? जनता विदेश खेद्ने जनयुद्वलाई धिक्कार छ । तिम्रा छोरी बुहारी र भाइ सन्तान बन्ने, जनता रोएर बाँच्नुपर्ने जनयुद्वलाई धिक्कार छ । गोली लिएर खाडीमा पसिना बगाउनुपर्ने लडाकुको अवस्था देख्दा तिमी र तिम्रा नेता, जो अहिले आलिशान जीवन बाँच्दैछौ, तिमीहरूलाई धिक्कार छ । कति लेखौं तिम्रो जनयुद्वको गुणगानमा ? जनताले माओवादी र खासगरी यसको नेतृत्व कति भ्रष्ट, बेईमान र विदेशीको दलाल रहेछ भनेर राम्रोसँग चिनिसके । अब तिमीहरू सकियौ । अब फुरफुर धेरै नगर ।