केपी ओली कप: सेमिफाइनलमा पुग्न गण्डकीलाई १०४ रनको लक्ष्य – Nepal Press

केपी ओली कप: सेमिफाइनलमा पुग्न गण्डकीलाई १०४ रनको लक्ष्य

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनायो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३-२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।

बलिङमा गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

गण्डकी प्रदेशले लुम्बिनीलाई पराजित गरेमा सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह बीमा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बल (एपीएफ) छ । समूह बीमा एपीएफ र गण्डकीको २-२ अंक र लुम्बिनी अंकविहीन छन् ।

गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ । लुम्बिनीले जित निकालेको खण्डमा रनरेट धेरै भएको टीम सेमिफाइनलमा प्रवेश गर्नेछ ।

तस्बिरहरू: वसन्त शेर्पा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *