भारतसँग फेरि हार्यो अस्ट्रेलिया, टी-२० शृङ्खलाको दोस्रो खेलमा ४४ रनले पराजित
काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्ध जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार राती भएको दोस्रो खेलमा अस्ट्रेलिया ४४ रनले पराजित भयो ।
घरेलु मैदानमा टस हारेपछि ब्याटिङको निम्ता पाएको भारतले विशाल लक्ष्य दिएको थियो । भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन जोड्यो ।
भारतका यसस्वी जैसवालले २५ बलमा ५३ रन, रुतुराज गाइक्वाडले ४३ बलमा ५८ रन, ईशान किसनले ३२ बलमा ५२ र रिंकु सिंहले ९ बलमा ३१ रन बनाए ।
अस्ट्रेलियाले २० ओभर खेलेपनि ९ विकेट गुमाएर एक सय ९१ रन जोड्यो ।
अस्ट्रेलियाका मार्कस स्टोइनिसले ४५, टिम डेभिडले ३७ र म्याथ्यु वेडले ४२ रन बनाए ।
भारतका प्रसिद कृष्ण र रवि विस्नोइले ३/३ विकेट हात पारे।