देउवाले गरे कांग्रेस केन्द्रीय लेखा समितिमा सदस्य मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको सदस्य मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिको सदस्यमा पार्टीको विधानको धारा ३८ (१) तथा २०७९ साउन २ को केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम दीलिप ढुंगाना (धनुषा) डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।