कांग्रेसको कलहले बिथोलियो प्राध्यापक संघको अधिवेशन, सदस्य फिर्ता बोलाउने प्रगतिशीलको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसको कलहले प्राध्यापक संघको अधिवेशन बिथोलिएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन अध्यक्ष प्रा.डा बेदराज केसी र महाससचि डा. पद्मप्रसाद खतिवडाले एक विज्ञप्ति जारी गर्दै संकाको आन्तरिक द्वनद्वका कारण स्वेच्छाचारी ढंले अधिवेशन स्थगन भएकोमा आपत्ति जनाएका हुन् ।
अन्तिम क्षणमा आएर निर्वाचन स्थगनले देशका कुन कुनाबाट आएका ५१८ भन्दा बढी प्राध्यापक प्रतितिधि मानमर्दन र अपमान गरिएको भएको संगठनको बुझाइ रहेको उल्लेख छ ।
प्राध्यापक संकलाई अमुक संगठनको बन्दी हुनबाट जोगाउन, प्राध्यापकहरूको हक हित र अधिकार एवं विश्व विद्यालयका चुनौतिको सामना गर्न नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन सबै प्रतिनिधि प्राध्यापक आग्रह गरेका छन् । आफ्नो सङ्गठनको तर्फबाट त्रिवि प्राध्यापक संघ केन्द्रीय कार्य समितिमा रहेका सदस्यहरूलाई फिर्ता बोलाउन चेतावनी समेत दिएका छन् ।
त्रिविका कार्यबहाक उपकुलपति शिवप्रसाद भुसालले बिहीबार अधिवेशन उद्घाटन गरेका थिए । तर प्राध्यापक संघको नेतृत्व कब्जा गरिरहेको कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघभित्रकै विवादले अधिवेशन अघि बढ्न नसकेको हो । कांग्रेसका दुई समूहनिकट प्राध्यापकहरूको आन्तरिक विवादका कारण समस्या भएको प्रगतिशील प्राध्यापक संघले जनाएको छ ।
कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यपक संघमा कांग्रेस सभापति शेरबहादुर देउवानिकट जगत तिमिल्सिना र डा शेखर कोइरालानिकट केशव पौडेलको समूहबीच विवाद देखिएको छ । विशेषगरी त्रिवि कीर्तिपुर, त्रिचन्द्र लगायतका क्याम्पसबाट छानिएका प्रतिनिधिको बारेमा कांग्रेसका दुई समूहबीच विवाद हुँदा प्राध्यापक संघको अधिवेशन नै बन्धक बनेको हो ।