सत्ता गठबन्धन : जताततै अलमल, प्रतिगमनलाई मलजल
देशमा यतिबेला प्रतिगमनकारीहरू सलबलाएका छन् । आफ्नो जगसहित करिब दुई दशक अगाडि नै तुमुलकारी जनबलबाट उखेलिएको राजतन्त्रका नाइके ज्ञानेन्द्र फेरि सत्तामा फर्किने मृगमरिचिका बोकेर केही विवादास्पद र घृणित पात्रको उक्साहटमा जनताले दिएको थान्कोबाट बाहिर निस्कने र असन्तुष्टहरूको सानो समूह लिएर हिँड्न थालेका छन् । सामन्ती आर्थिक प्रणालीको जगमा करिब साढे दुई शताब्दी शासन गरेको, चारित्रिक, नैतिक र राजनीतिक धरातल गुमाइसकेको शाह परिवार फेरि आफ्नो पारिवारिक शासन फर्काउन सकिन्छ कि भनेर लागिपरेको देखिन्छ ।
सरकारले राम्रो डेलिभरी दिन नसकेको, प्रमुख गणतन्त्रवादी पार्टीमा चरम असमझदारी र वैमनस्य पैदा भएको मौका छोपी पूर्वराजाको लिगलिगे दौड सुरू भएको छ । सकेसम्म बढी समाजमा अराजकता पैदा गराउने, प्रमुख राजनीतिक शक्तिलाई निशाना केन्द्रित गर्ने र हिन्दू राज्यको मुद्धामार्फत् शक्ति र सत्ता प्राप्त गर्ने उनीहरूको रणनीति देखिन्छ ।
पूर्वपञ्चहरू, केही स्वनामधन्य विकृत धनाढ्यहरू, समाजमा अराजकता सिर्जना गरेर आफ्नो स्वार्थसिद्ध गर्न चाहनेहरू, परिवर्तनको लागि हिजो ठूलै योगदान गरेका तर सत्तामा पुग्दा राम्रो डेलिभरी दिन नसकेका दलहरूसँग असन्तुष्ट सानो जनसमूहको मिलिभगतमा उनीहरूको ‘आन्दोलन’ चलिरहेको छ । विकृति, विसङ्गति, भ्रष्टाचार र अकर्मण्यताबाट मुक्त हुन नसके पनि अन्धकार र उकुसमुकुस सुरुङबाट उज्यालो र उन्मुक्त अवस्थामा आइपुगेको नेपाली समाजलाई पुनः पछाडि फर्काउने दिवास्वप्न देख्न थालेका छन् ।
सरकारले राम्रो डेलिभरी दिन नसकेको, प्रमुख गणतन्त्रवादी पार्टीमा चरम असमझदारी र वैमनस्य पैदा भएको मौका छोपी पूर्वराजाको लिगलिगे दौड सुरू भएको छ । सकेसम्म बढी समाजमा अराजकता पैदा गराउने, प्रमुख राजनीतिक शक्तिलाई निशाना केन्द्रित गर्ने र हिन्दू राज्यको मुद्धामार्फत् शक्ति र सत्ता प्राप्त गर्ने उनीहरूको रणनीति देखिन्छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशकपछि यस्तो अवस्था किन आयो ? रछ्यानमा फालिएको राजतन्त्रको पक्षमा सानै भए पनि जनताको समूह किन पछि लागिरहेछ ? लामो अलमलपछि गणतन्त्रवादी बनेको नेपाली कांग्रेस र गर्भे गणतन्त्रवादी कम्युनिष्टहरू किन किंकर्तव्यविमूढ भएर बसेका छन् ? वर्तमानमा देखिएको अराजकता नियन्त्रणमा सत्ता गठबन्धन किन निस्प्रभावी बनिरहेछ ? सम्भवतः यी नै अहिलेका यक्ष प्रश्न हुन् ।
अराजकताको इतिहास हेर्दा महाभारत कालतिर पुग्नुपर्ने हुन्छ । राज्यको मृत्युको कारण के हो भन्ने प्रश्नमा युधिष्ठिरको जवाफ थियो- अराजकता । ग्रीक दार्शनिक सुकरात व्यक्तिवादको पक्षपोषण गर्थे, राज्यविहीनताको वकालत गर्थे । बेलायती चिन्तक गडविनले आफ्नो प्रसिद्ध कृति पोलिटिकल जस्टिसमा राज्यको आवश्यकता नै नभएको दलिल पेस गरेका छन् । संसारका विभिन्न देशमा भएका अराजकतावादी आन्दोलनको यहाँ चर्चा गरेर साध्य छैन ।
पछिल्लो समयको नेपालको अराजकताको चर्चा गर्दा यसको जन्म माओवादी आन्दोलनसँगै भएको हो भन्न छुटाउनु हुँदैन । माओवादी विद्रोहको दशवर्षे अवधिमा नेपाली समाजमा अराजकताले सीमा नाघेको थियो । नेकपा एमाले, नेपाली कांग्रेस जस्ता पुराना परिपक्व दलको सुझबुझको कारण १२ बुँदे सम्झौता, त्यसको कार्यान्वयन, संयुक्त जनआन्दोलन, राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसक्दा पनि माओवादी शक्ति अराजकताबाट मुक्त हुन सकेन । पहिलो संविधानसभाले संविधानको खाका अन्तिम रुप दिन लाग्दा माओवादी सुप्रिमो प्रचण्डले जातीय राज्यको वकालत गर्दै नेपालका जनजातिलाई भड्काउन भगीरथ प्रयत्न गरे । फलतः प्रथम संविधानसभा संविधान नदिइ विघटन हुन पुग्यो । दोस्रो संविधानसभामा नेपाली जनताले माओवादीलाई साइजमा थन्क्याएपछि मात्र नेपालले संविधान पाउन सक्यो ।
संविधान बनिसकेपछि पनि सत्ता सञ्चालनमा माओवादी अराजकताले कुनै न कुनै रूपमा असर गरिरह्यो । राजनीतिक स्थायित्व, सुशासन र देशको आर्थिक समृद्धिको मामिलामा प्रचण्डको ‘भद्रगोलमा गोल गर्ने’ नीतिको नकारात्मक प्रभाव परिरह्यो ।
संविधान बनिसकेपछि पनि सत्ता सञ्चालनमा माओवादी अराजकताले कुनै न कुनै रूपमा असर गरिरह्यो । राजनीतिक स्थायित्व, सुशासन र देशको आर्थिक समृद्धिको मामिलामा प्रचण्डको ‘भद्रगोलमा गोल गर्ने’ नीतिको नकारात्मक प्रभाव परिरह्यो । देशमा अराजकताको अन्त्य, राजनीतिक स्थायित्व र समृद्धि चाहने नेकपा एमालेले २०७४ सालमा एमाले-माओवादी एकतामार्फत् शक्तिशाली सरकार निर्माण गर्ने र सो सरकारमार्फत् नेपाली जनतालाई सुशासन र समृद्धि प्रदान गर्ने नीति लियो । एकता पनि भयो । शक्तिशाली सरकार पनि बन्यो । तर, विडम्बना पार्टी र सरकारमा माओवादी अराजकता नियन्त्रण गर्न सकिएन । पार्टी नेतृत्वको विरूद्ध प्रचण्डको अराजकताले केही समयमै उग्र रूप लिन थाल्यो ।
झन माधव-झलनाथ-वामदेवले प्रचण्डको साथ दिन थालेपछि त पार्टीभित्रको अराजकता चरमचुलीमा पुग्यो । जेनतेन ओली सरकारले नेपालको चुच्चे नक्सा सार्वजनिक र संसदबाट पारित गराउञ्जेल टिकेका प्रचण्ड फरक कित्तामा पुगे । उनी पुनः भद्रगोल र अस्थिरताको सारथि बने । अस्वाभाविक रूपमा नेपाली कांग्रेसले, एमालेबाट चोइटिएका माधव-झलनाथले र स्वाभाविक रूपमा मधेशवादी दलले उनलाई नेता मानिरहे, मानिरहेका छन् । हाल उनको शासन छ, जताततै अलमल छ, अराजकता र बेथिति छ ।
जब देशको प्रधानमन्त्री घोषित अघोषित रूपमा अराजकताको पक्षपोषण गर्छ, मलजल गर्छ, यसको नियन्त्रण सहज बन्न सक्दैन । प्रचण्ड-जसले आफ्नो जीवनभर भद्रगोलमा आफ्नो राजनीतिक भविष्य खोजिरहे- बाट यो काम फत्ते हुन सक्दैन । जसको दिमागमा अझै ‘जनयुद्ध’, ‘जातीय राज्य’ र मौका मिल्यो कि कब्जा गरिहाल्ने सोच हावी छ, उनैलाई सत्ताको साँचो सुम्पेपछि राम्रो परिणामको आश गर्न सकिन्छ र ? देशलाई अप्ठेरो परेको बेला मिलेर निकास दिँदै आएका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले ठण्डा दिमागले सोच्ने बेला भएन र ?
राजाको पाउमा दाम कसरी चढाउने भनेर माकुने होलीवाइनसंग ट्युशन लिंदै गर्नु ।