८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक समूह, करिब ५ सय अस्थायी आवास निर्माण
कैलाली । नेकपा एमालेका स्वयंसेवक समूह विगत ८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । गत मंसिर ४ देखि विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा ११०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन खटिएका छन् ।
कार्तिक १७ गते आएको विनाशकारी भूकम्पले जाजरकोट र पश्चिम रुकुममा १५४ को ज्यान गएको छ । ३३६ जना घाइते भएका छन् भने ६१ हजार बढि घाइते भएका छन् । अहिले एमालेले खटाएको स्वयंसेवक दस्ता यी बस्तीहरूमा पुनर्निर्माणमा लागिरहेका छन् । उनीहरुले सम्म ५ सय बढि घरहरू पुनर्निर्माण गरिएको स्वयमसेवक समूहका संयोजक पौडेलले जानकारी दिए । उनले ५ सय बढि घरहरूको व्यवस्थापन गरिएको जानकारी दिए ।
‘हामी निरन्तर भत्किएका घरहरू पुनर्निर्माणमा लगिरहेका छौँ । अहिले सम्म पाँच सय बढि घरहरू पुर्न निर्माण गरिसकेका छौँ’, पौडेलले भने, ‘अझै केही दिन हामी यहाँ खटिन्छौँ ।’ उनले अहिले स्वयंसेवक दस्ता भत्किएकाहरूको घर व्यवस्थापन गर्ने र पुनर्निर्माण गर्ने अभियानमा लागिरहेको बताए ।
अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले विभाजन गरी ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान भइरहेको प्रमुख पौडेलले जानकारी दिए ।
‘अहिले अनेरास्ववियुका नेतृहरू पनि पुनर्निर्माण खटिएका छन् । अहिले हामी पुनर्निर्माण खटिएका छौँ’, अनेरास्ववियु केन्द्रीय सदस्य रेखा न्यौपानेले भनिन्, ‘जनताले एमाले पार्टी सुख दुखको सारथी पनि रहेछ भन्ने बुझेका छन् ।’
संसार भरिबाट आएको सहयोग ‘एकद्वार प्रणाली’ भन्दै एकठाउमा थुपारेको छ सरकारले : पीडितलाई ५० हजार दिने भन्छ तर कहिले : थाहा छैन !!
सहयोगीहरुले दुख्खीको दु:ख देखेर सहयोग गरे, तर त्यो लिनेलाई सरकारले दिने ५० हजार अनी अरु सहयोग पाउदैनौ भन्छ !!
युवा विद्यार्थीले श्रम्दान गरेर सयौं सम्रचना उठाएका छन, आशा र विश्वाश जगाएका छन, सरकारको रवैयाले त्यो अन्योलमा पारेको छ !!
पीडित त छदै थिए, सरकारले झन पिडा थपिदियो !! आफु पनि नदिने, अरु दातालाई पनि बाटो छेक्ने : तिनलाई तड्पाइ तड्पाइ मार्ने ‘पिडक सरकार’ !! करोडौंको बिदेश सवारमा ब्येस्त छ त्यो नालायक सरकार 🙁🙁