एमाले मधेश सांसद ठाकुरको आक्रोश- प्रधानमन्त्रीले अधिकार दिन चाहेको छैन, सडक आन्दोलन गरौं – Nepal Press

एमाले मधेश सांसद ठाकुरको आक्रोश- प्रधानमन्त्रीले अधिकार दिन चाहेको छैन, सडक आन्दोलन गरौं

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले प्रधानमन्त्रीले अधिकार दिन नचाहेकाले सडक आन्दोलन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद ठाकुरले संघीयता रहेमात्र आफूहरुरहने बताए ।

‘संघीयता रहेन भने हामी किन रहने ? कसरी रहने ?’, उनको प्रश्न थियो, ‘संघीयतालाई स्थापित र मजबुत पार्न सडक आन्दोलन गरौं ।’

सांसद ठाकुरले भोलिदेखि नै सडकमा १०७ सांसद उभिएर केन्द्रीय सरकार र प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न पनि सबै दलका सांसदहरुलाई आग्रह गरे ।

उनले आफू अहिले नै संसदमा उभिएर प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न चाहेको र सभामुखमार्फत् प्रधानमन्त्रीलाई जाहेर गर्न चाहेको बताए ।

संघीयता कार्यान्वयन गर्न एमाले तयार रहेको भन्दै सांसद ठाकुरले अधिकार दिन नचाहेकाले प्रधानमन्त्रीप्रति खेद प्रकट गर्न सबै दल एकजुट हुनुपर्ने बताए ।

उनले अहिलेसम्म प्रदेश सरकारले पनि कुनै ठोस काम गर्न नसकेकोमा आक्रोश पोखे । उनको प्रश्न थियो, ‘प्रहरी छैन, कर्मचारी छैन भनेर प्रदेश सरकार पन्छिन् मिल्छ ? सात महिनामा केन्द्र सरकारलाई पठाएको एउटा पत्रलाई उपलब्धि भन्ने ?’

सांसद ठाकुरले जनता ठग्ने नौटंकी नगर्न प्रदेश सरकारलाई चेतावनी दिँदै भने, ‘सत्तामा पनि बस्ने, सबै साधन उपयोग गरिराख्ने र आन्दोलनको पनि धम्की दिइराख्ने ? यो चल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर