मुगुको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित – Nepal Press

मुगुको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

सुर्खेत । मुगुमा एकै परिवारको ४ जनाको सामूहिक हत्याकाण्डबारे सफल अनुसन्धान गरेका १३ जना प्रहरीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।

घटनाको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मासहित १३ जना बुधबार सम्मानित भएका हुन् ।

उक्त घटनाको सफल अनुसन्धान गरेको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।

कात्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई प्रमाणसहित पक्राउ गरेको थियो ।

सम्मान कार्यक्रममा डीआईजी ढकालले कर्मचारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिँदै ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ को कार्यान्वयनको लागि प्रतिबद्ध हुन निर्देशन दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर