साताकाे पहिलाे दिन बढेर खुलेको शेयर बजार १८ अंकले घटेर बन्द – Nepal Press

साताकाे पहिलाे दिन बढेर खुलेको शेयर बजार १८ अंकले घटेर बन्द

काठमाडौं । साताको पहिलो दिन उत्साहजनक रुपमा बढेको शेयर बजार साताको अन्तिम दिन निराशाजनक रुपमा घटेर बन्द भएको छ ।

बिहीबार परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ४५ लाख ९५ हजार ५५३ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार मात्रै ४७ अंकले बढेको नेप्से परिसूचक सातको अन्तिम कारोबारका दिन १८.०६ अंकले घटेर बन्द भएको हो ।

सातको पहिलो दिन उत्साहजनक रुपमा बढेको सेयरबजार दोस्रो दिन सोमबार ११, मंगलबार २, बुधबार १७ र बिहिबार १८ अंकले घटेर बन्द भएको हो । जहाँ पहिलो दिन उत्साहित देखिएका लगानीकर्ताहरु सातको अन्तिम दिनसम्म निराश रहे ।

आजको कारोबारमा रु रु जलविद्युत परियोजन लिमिटेड, एनआईइमबीएल प्रगति फण्ड, लक्ष्मी भ्यालु फण्ड२ र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । भने, विजय लघुवित्त वित्तीय संस्था, माउनटेन इन्र्जी नेपाल लिमिटेड र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेड का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

बिहीबार बजार पूँजीकरण २८ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर