हेटौंडा कप एसियाली खुला बुद्धिचाल, अग्रपंक्तिमा भारत र बंगलादेशका खेलाडी – Nepal Press

हेटौंडा कप एसियाली खुला बुद्धिचाल, अग्रपंक्तिमा भारत र बंगलादेशका खेलाडी

हेटौंडा । मकवानपुरको हेटौंडामा जारी हेटौंडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिताको तेस्रो राउण्ड समाप्त हुँदा भारतीय खेलाडीहरु सुभयान कुण्डु, अर्बिन्देर प्रित सिंह, सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके तथा बंगलादेशी खेलाडीहरु मोहमद मिजाउदिन, मोहमद सरिफ होसैन र नयेम हक ३-३ अंकका अग्रपंक्तिमा रहेका छन् ।

नेपाल बुद्धिचाल महासंघ, नेपाल खेलकुद महासंघ, हेटौंडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा भारतीय खेलाडी सुभयनले तेस्रो चरणमा नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवाललाई माथ खुवाएका थिए ।

अर्को नेपाली युवा खेलाडी सुश्रुत दाहाललाई माथ दिँदै बंगलादेशी खेलाडी मोहमद मिजाउदिन पनि ३ अंक बटुल्न सफल भए ।

बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर अबु सुफियान शकिल भारतीय खेलाडी कमद मिश्रसँग बराबरमा रोकिए । दुवैको समान २.५ अंक छ ।

त्यसैगरी बंगलादेशी खेलाडी देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरिउम समान २.५ अंकका साथ पछ्याउँदैछन् ।

वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल, श्रीलंकन महिला अन्तर्राष्ट्रिय मास्टर सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, सुश्रुत दाहाल, अहमेद शेख नासिर, पूर्वनेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, युवा खेलाडी शुभम श्रेष्ठ, राजन सुवेदी, मोहितकुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंक बनाउन सफल भएका छन् ।

कुल पाँच लाख ८७ हजार ५०० रुपैयाँ नगद पुरस्कार रहेको प्रतियोगिताका विजेताले एक लाख २५ हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट १५ र क्याटवरी २३ गरी कुल ३८ जना पुरस्कृत हुने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *