अस्थायी आवासको लागि सरकारले ५० हजार एकमुष्ट नदिने, वडाको सिफारिसमा दोस्रो किस्ता दिइने – Nepal Press

अस्थायी आवासको लागि सरकारले ५० हजार एकमुष्ट नदिने, वडाको सिफारिसमा दोस्रो किस्ता दिइने

काठमाडौं । भुकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने ५० हजार सरकारले एकमुष्ट नदिने भएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले दुई किस्ता गरेर प्रभावितले रकम पाउने बताइन्।

उनले भनिन्, ‘५० हजार एकै किस्तामा दिए हुन्थ्यो भन्ने माग पनि छ। त्यसबारे क्याबिनेटमा छलफल पनि भएको थियो। हामीले पनि एकैपटक गरौं भन्ने सुझाव राखेका थियौं। तर, गृहले कामको सुरुआत गरेपछि वडाको सिफारिसमा दिने भनेपछि झण्झटिलो प्रक्रिया पनि छैन। सिडिओ कार्यालयसम्म पनि आउनु पर्दैन।

उनले यहाँबाट ५० हजारका दरले अस्थायी आवास निर्माणको लागि रकम गइसकेको बताइन्।

उनले भनिन्, यहाँबाट रकम गइसकेको छ। तर, त्यहाँको स्थानीय पालिका र वडाहरुले पीडितहरुको वर्गीकरण गर्ने, छनोट गर्ने काममा थोरै ढिलाई भएको हो। पहिलो किस्ता लिएर काम थालेको दुई तीनदिनमा वडाकै सिफारिसमा वडाबाट नै पैसा लिन सक्ने भएकाले समस्या हुँदैन।


प्रतिक्रिया

One thought on “अस्थायी आवासको लागि सरकारले ५० हजार एकमुष्ट नदिने, वडाको सिफारिसमा दोस्रो किस्ता दिइने

  1. संसार भरिबाट आएको सहयोग ‘एकद्वार प्रणाली’ भन्दै एकठाउमा थुपारेको छ सरकारले : पीडितलाई ५० हजार दिने भन्छ तर कहिले : थाहा छैन !!
    सहयोगीहरुले दुख्खीको दु:ख देखेर सहयोग गरे, तर त्यो लिनेलाई सरकारले दिने ५० हजार अनी अरु सहयोग पाउदैनौ भन्छ !!
    युवा विद्यार्थीले श्रम्दान गरेर सयौं सम्रचना उठाएका छन, आशा र विश्वाश जगाएका छन, सरकारको रवैयाले त्यो अन्योलमा पारेको छ !!
    पीडित त छदै थिए, सरकारले झन पिडा थपिदियो !! आफु पनि नदिने, अरु दातालाई पनि बाटो छेक्ने : तिनलाई तड्पाइ तड्पाइ मार्ने ‘पिडक सरकार’ !! करोडौंको बिदेश सवारमा ब्येस्त छ त्यो नालायक सरकार 🙁🙁

Leave a Reply

Your email address will not be published. Required fields are marked *