कांग्रेसको नेतृत्वमा जनताले पाएको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्छ : सिंह – Nepal Press

कांग्रेसको नेतृत्वमा जनताले पाएको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्छ : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताएका छन् । पटक-पटक जनाबाट गुमेको अधिकार कांग्रेसको नेतृत्वमा फिर्ता आएको स्मरण गर्दै नेता सिंहले प्राप्त उपलब्धीको सुरक्षाका लागि पनि कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

कांग्रेस पर्साका पूर्वउपसभापति अशोक जयसवालको श्रद्धाञ्जली सभामा बोल्दै उनले २०४६ को परिवर्तन पछि लौहपुरूष गणेशमान सिंहले प्राप्त राजनीतिक उपलब्धी रक्षाका लागि आर्थीक क्रान्ति गर्नुपर्ने बताएको स्मरण गर्दै अहिले त्यसका लागि बेला भइसकेको बताए ।

‘जसरी जनताको अधिकार फिर्ता कांग्रेसले गर्याे । अब देशलाई समृद्धिको बाटोमा लैजान पनि , आम जनताको चाहनाअनुसार शासनपद्दति सञ्चालन गर्नका लागि फेरि पनि जिम्मेवारी कांग्रेसको काँधमा आएको छ’, उनले भने, ‘पार्टीलाई एकढिक्का बनाएर अब अघि बढ्नुपर्छ ।’

उनले देशको समृद्धिका लागि उद्योगहरूको विकास हुनुपर्ने बताए । कार्यक्रममा कांग्रेस नेता हरु सुरेन्द्र चौधरि अजय चौरिसिया राजेन्द्रकुमार केसी अनिल रुङगटा लगायतले मुलुको पछिल्लो राजनीतिक घटनाक्रम बारे कांग्रेस गम्भीर बन्नु पर्ने बताउनु भयको थियो कार्यक्रम नेपाली कांग्रेस पर्सा सभापति जनार्दन क्षेत्रीको सभापतित्वमा पार्टी अफिसमा भयको थियो कार्यक्रम स्व. नेता अशाेक जैसवालको योगदानका बारे वक्ताहरु चर्चा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर