बिरामीका आफन्त र स्वास्थ्यकर्मी आआफ्नै अडानमा, सुत्केरीको शव तीन दिनदेखि आम्दा अस्पतालमा – Nepal Press

बिरामीका आफन्त र स्वास्थ्यकर्मी आआफ्नै अडानमा, सुत्केरीको शव तीन दिनदेखि आम्दा अस्पतालमा

रुपन्देही । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा सुत्केरीको मृत्युपछि उत्पन्न विवाद समाधान नहुँदा तीन दिनदेखि शव उठ्न सकेको छैन । अहिले पनि शव अस्पतालकै गाडीमा छ ।

चिकित्सकहरुले अस्पतालका मेसु डाक्टर राजेन्द्र बस्याललाई कुट्ने बिरामीका आफन्तलाई कारबाहीको माग गरिरहेका छन् । प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताएको छ ।

उता बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि उचित छानबिन गरी कारबाहीको माग गरेका छन् । उनीहरुले माग सम्बोधन नभएसम्म शव नउठाउने चेतावनी दिएका छन् । सोहीअनुसार प्रहरीमा जाहेरी दिने तयारीमा बिरामीका आफन्त रहेका छन् ।

गुल्मीको सत्यवती गाउँपालिका- २ ठूलो लुम्पेक थुम्काकी ३५ वर्षीया भवानी थापाको मंगलबार अस्पतालमा मृत्यु भएको थियो । उनका आफन्तहरुले उचित क्षतिपूर्तिको व्यवस्था नहुँदासम्म शव नउठाउने अडान लिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *