शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
नेपाल प्रेस
२०८० मंसिर १५ गते १६:०८
काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर