सहकारी जुन उद्देश्यका लागि खोलियो त्यसमा चल्न नसक्दा समस्यामा पर्‍यो : सचिव दुवाडी – Nepal Press

सहकारी जुन उद्देश्यका लागि खोलियो त्यसमा चल्न नसक्दा समस्यामा पर्‍यो : सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी जुन उदेश्यका लागि खोलिएका हुन् त्यसमा चल्न नसकेर समस्यामा परेको बताएका छन् ।

शुक्रबार ‘सहकारीको पैसा कहाँ गयो ?’ एक दिने सम्मेलनमा बोल्दै सचिव दुवाडीले सहकारी जुन उद्देश्यका लागि स्थापना अथवा खोलिए त्यसैमा चल्न नसकेर समस्यामा परेको बताए ।

दुवाडीले भने, ‘अहिले चारैतिर सहकारीको सस्या आइरहेको छ त्यसको कारण जुन उदेश्य लिएर सहकारी स्थापना भए त्यसमा चल्लन सकेनन् । फलस्वरुप सबैले दुःख पाउनुपरेको छ । अहिले सहकारी जे पनि गर्न मिल्छ भन्ने मनसायले खोलिएका सहकारीले गर्दै समस्या आएको हो ।’

‘अहिले सहकारीको पैसा कहाँ गयो भन्दा केही पैसा लगानीमा डुवेको देखिन्छ भने, केही बाहिर गएको र केही शेयर बजारतिर पनि गएको देखिन्छ । यसको कारण एउटै छैन यावत कारणहरु छन् । यसका लागि पहिला सहकारीमा पैसा कहाँबाट र के उदेश्यले आयो भन्ने कुरा बुझ्नुपर्छ । सहकारी एउटै किसिमका छैनन् । केही सहकारीको गल्तीले गर्दे अहिले सबै सहकारीको बदनाम भइरहेको छ । यसको नियामक निकाय छ’, उनले भने, ‘नियामक निकाय प्रभावकारी नभएको देखिएको छ । सहकारीको पैसा कहाँ गयो भन्दा पहिले सहकारीमा पैसा कहाँबाट आएको हो । जुन उदेश्यका लागि सहकारी खोलिएका हुन् त्यस उदेश्यमा सञ्चालन भएका छैनन् । जहाँ लगानी हुनुपर्ने हो त्यहाँ लगानी भएको छैन । त्यसै कारणले अहिले सहकारीको पैसा कहाँ गयो भन्ने बहस छेडीएको हो ।’

सहकारी सो-नियमनमा भन्दापनि मुल नियमा चल्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले बताए ।

अध्यक्ष पौडेले भने, ‘सहकारी सो नियमनमा चल्ने भन्दापनि पहिला मुल नियम के हो त्यसमा चल्नुपर्यो । त्यसपछि सो नियमनको कुरा आउछ । सहकारीको पैसा उत्पादन र सेवाका क्षेत्रमा लगानी गरिएको देखिदैन । त्यसै कारणले समस्या देखिएको हो । उतपादन र सेवा बढाउदा व्यवसायीकरणको प्रकृयाभित्र जोड्नुपर्ने थियो । जुन नियामक निकायको मुल्याङकनको विषय हुनुपर्थ्यो । नियामक निकायले पोटफोलियको विषयलाई पहिल्यौ ध्यान दिएन् । उत्पादन प्रवर्दन गर्ने कुरामा कम्जोर । अन्तरीक रुपमा हाम्रो व्यापार पनि भर नगर्ने प्रवृति रहेको छ । सबै प्रकारण वस्तुहरमा । यस्ता कुराले नेपालको सहकारीको पैसा गौर उत्पादन क्षेत्रमा गयो । त्यसैक्रममा घरजग्गा कारोबारमा जोडिदै गयो होला अथवा अलिक सेयरबजारमा पनि गएको देखिन्छ ।’

‘अहिले सरकारका तीनै तहको नियामक निकाय प्रभावकारी देखिएको छैन । राज्यले सबैभन्दा पहिला नियामक निकायलाई प्रभावकारी बनाउनुपर्छ’, नेफ्स्कुन अध्यक्ष पौडेलले भने ।

सहकारीका बारेमा बजारमा फैलाइएको नराम्रो प्रचारले पुरै सहकारी क्षेत्र बदनाम भइरहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । अध्यक्ष उप्रेतीले भने, ‘सहकारी चल्ने भनेको विश्वासको आधारमा हो । जहाँ अहिले सबैतिर अविश्वासको वातावरण सृजना गरिएको छ त्यसले सहकारी क्षेत्रप्रति नराम्रो धारणा बनिरहेको छ । सहकारी क्षेत्रको केहि पैसा मात्रै गैर उत्पादन क्षेत्रमा गएको हो । त्यसैलाई हल्ला बनाएर समग्र सहकारी क्षेत्रलाइ नराम्रो बनाउनमा लागिरहेका छन ।’

त्यसैगरी कार्याक्रममा बोल्दै राष्टिूय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले भने, ‘अहिले केहि सहकारीमा आएको सस्याले गर्दा सबै सहकारी क्षेत्रमा अविश्वास बढ्दै गइरहेको छ । यसको असर शहरी क्षेत्रमा मात्र्र हो । ग्रामिण तथा गाउँघरतिर यस्तो मस्याको कुरा सुनिदैन् । अहिलेको अवस्था सबैतिर व्यवसाय देखि उद्योगधन्दा सम्म ठप्प रहेको अवस्था छ । त्यसको प्रभाव सहकारीमा पनि देखिनु सामान्य हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर