राष्ट्रिय टीमका १० खेलाडीयुक्त आर्मीलाई हराएपछि मधेशका कप्तानको प्रतिक्रिया- यो जीत सबै प्रदेशको हो – Nepal Press
केपी ओली कप टी-२० क्रिकेट

राष्ट्रिय टीमका १० खेलाडीयुक्त आर्मीलाई हराएपछि मधेशका कप्तानको प्रतिक्रिया- यो जीत सबै प्रदेशको हो

पोखरा । प्रथम केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मधेस प्रदेशले उपाधि जित्यो । राष्ट्रिय टीमका १० खेलाडी सम्मिलित आर्मीलाई ११ रनले पराजित गर्दै मधेसले उपाधि चुमेको हो ।

फाइनलमा नायक बने मधेसका कप्तान हरिशंकर साह । उनले ४ ओभरमा १९ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । उनी फाइनलमा प्लेयर अफ द म्याच भए । कप्तान साह प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए र ३५ हजार नगद हात पारे ।

उनले यो जीत मधेसको मात्रै नभई सबै प्रदेशको भएको बताए । उनले प्रदेशको टोलीले विभागीय टोलीलाई जित्न सक्छन् भन्ने सन्देश गएको बताए ।

कप्तान साहले भने, ‘यो मधेस प्रदेशको मात्रै होइन, सबै प्रदेशको जीत हो । यहाँबाट सुरुवात भएको छ प्रदेशको टोलीले विभागीय टोलीलाई जित्न सक्छन् भनेर । सबै खेलाडी आआफ्नो तरिकाले तयारी गरेर बसेका हुन्छौं प्रतियोगिता होस् नहोस् । प्रदेशको टीमले जित्नु ठूलो उपलब्धि हो । किनकि विभागीय टोलीमा धेरै राम्रा खेलाडीहरु हुन्छन् । राम्रो टे«निङ हुन्छ, राम्रो डाइट हुन्छ । धेरैजसो राष्ट्रिय क्याम्पमा बसिराखेका हुन्छन् । भौतिक संरचना छैन हामीसँग । यो खासमा सबै प्रदेशको जीत हो ।’


प्रतिक्रिया

One thought on “राष्ट्रिय टीमका १० खेलाडीयुक्त आर्मीलाई हराएपछि मधेशका कप्तानको प्रतिक्रिया- यो जीत सबै प्रदेशको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *