भारतमा ५ प्रदेशको मतगणना शुरु, प्रारम्भिक रुझानमा कहाँ कसको अग्रता ? – Nepal Press

भारतमा ५ प्रदेशको मतगणना शुरु, प्रारम्भिक रुझानमा कहाँ कसको अग्रता ?

काठमाडौं । भारतका पाँच राज्यमा भएको निर्वाचनको मतगणना सुरु भएको छ । अहिले चार वटाको जारी रहेको छ, भने एक राज्यको गणना सुरु भएको छैन ।

सुरुआती परिणाम अनुसार २ राज्यमा बिजेपी र २ वटामा कांग्रेस अगाडि देखिएको छ ।

मध्य प्रदेशमा बिजेपीले ९९ सिटमा अग्रता लिएको छ । त्यहाँ कांग्रेसले ८३ सिटमा अग्रता लिएको छ । यहाँ बहुमतका लागि ११६ सिट जित्नु आवश्यक छ । मध्य प्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा अहिले १८४ को गणना जारी रहेको छ ।

यस्तै राजस्थानमा बिजेपी १०१ सिटमा अगाडि हुँदा कांग्रेसले ८० सिटमा अग्रता लिएको छ । यहाँ बहुमतका लागि १०० सिट आवश्यक पर्छ । राजस्थामा १९९ सिटका लागि भएको निर्वाचनमा सवै क्षेत्रको गणना जारी छ ।

यस्तै छत्तीसगढ र तेलंगनामा कांग्रेस अगाडि छ । छत्तीसगढमा कांग्रेस ४५ सिटमा अगाडि हुँदा बिजेपी २७ मा छ । यहाँ बहुमतका लागि ४६ सिट जित्नु आवश्यक छ । छत्तीसगढमा ९० सिटका लागि भएको निर्वाच्नमा ७२ क्षेत्रमा मतगणना जारी छ ।

त्यसैगरी तेलंगनामा कांग्रेसले ६० सिटमा अग्रता लिएको छ । यहाँ बिजेपी ४ सिटमा मात्रै अगाडि छ । बीआरएस पार्टीले ३३ सिटमा अग्रता लिएको छ । यहाँ बहुमतका लागि ६० सिट आवश्यक पर्छ । तेलंगनामा ११९ सिटका लागि भएको निर्वाचनमा १०४ सिटको गणना जारी छ ।

मिजोरममा गणना सुरु भएको छैन् ।

*अपडेट- ९:१५


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर