ओलीको टिप्पणी- देशलाई प्रतिगमनतिर फर्काउने कुरा गर्नेहरु देशद्रोही हुन् (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- देशलाई प्रतिगमनतिर फर्काउने कुरा गर्नेहरु देशद्रोही हुन् (भिडिओ)

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रभन्दा पञ्चायत ठीक थियो भन्दै देशलाई प्रतिगमनतिर लान खोज्नेहरु देशद्रोही भएको टिप्पणी गरेका छन् ।

दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्रभन्दा पञ्चायत नै ठीक भन्दै भ्रम छरेको बताए ।

उनले भने, ‘कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो । त्यो जनतालाई सधैं गरिब राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रको कसैले विरोध गर्छ भने त्यो नेपाल र नेपालीको हितविपरीत सोचिरहेको छ ।’

उनले अहिलेको गठबन्धन सरकारको कारणले देश विकासमा गति लिन नसकेको दाबी गरे । एमालेलाई सरकारबाट हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको उनको भनाइ छ ।

एमाले सरकारमा हुँदा गरिबी कम भएको र रोजगारी बढेको उनले जिकिर गरे । गठबन्धनका कारण देशको विकास रोकिँदा केही व्यक्तिहरुले पञ्चायत नै ठीक थियो भन्ने गरेको ओलीको भनाइ थियो ।

उनले एमालेका बारेमा विभिन्न भ्रमहरु फैलाएको हुनसक्ने हुँदा यी कुराहरुमा होस पु¥याउन आग्रह गरे ।

अध्यक्ष ओेलीले भने, ‘एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छायो अहिलेको गठबन्धनको सरकारले गर्दा देशमा गरिबी र महँगी बढ्नुका साथै देश विकासमा पनि ढिलाइ भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर