लाभांश घोषणको पूर्व जानकारी नदिएको भन्दै नेप्सेले तारागाउँ रिजेन्सीलाई सोध्यो स्पष्टीकरण
नेपाल प्रेस
२०८० मंसिर १८ गते १२:४६
काठमाडौं । लाभांश घोषण गरेको समयमा नै जानकारी नदिएको भनेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (टीआरएच) सँग ३ दिने स्पष्टीकरण सोधेको गरेको छ ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्ने समयभन्दा अगाडि नै जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर, कम्पनीले भने १७ गते बेलुका ५ः१५ मा लाभांशको बारेमा जानकारी गराएको थियो ।
कम्पनीले गत वर्षको नाफाबाट ४ प्रतिशत बोन शेयर र ११ प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर