ओली र रवि लामिछानेलाई विश्वप्रकाशको प्रश्न- मिसन २०८४ भनेको के हो ? (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले र रवि लामिछाने नेतृत्वको रास्वपाले मिसन २०८४ भनेकोप्रति आपत्ति जनाएका छन् । अछाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ मा के हुने हो भन्दै ओली र लामिछानेलाई प्रश्न गरे ।
उनले जिम्मेवार राजनीतिक दलले चुनावमात्रै सोच्नु उपयुक्त नहुने तर्क गरे ।
उनको भनाइ जस्ताको तस्तैः
आज हामीले मिसन २०८४ भन्ने सोच्नुहुन्छ। कतिपयले भन्नुहुन्छ मेरै जिल्लावासी, तपाईंहरुको लागि रमाइलो भयो कि भएन थाहा छैन । दुईतीन दिनअघि तपाईंहरूको जिल्लामा बडेबडे झापाली आउनुभएको थियो । आज फेरि अर्को झापाली तपाईंहरूको बीचमा आएर उभिएको छ । बडेबडे झापाली यहाँ आउनुभयो, उभिनुभयो । अनि कैयौं ठाउँमा भनिराख्नुभएको छ, यात्राको लागि अरु भने पनि मूल लक्ष्य मिसन २०८४ छ । एउटा नयाँ पार्टी खुलेको छ । ऊर्जा र उत्साह छ । संसदमा राम्रो भूमिका गरिराख्नुभएको छ ।
हामी नराम्रो कुरा मात्रै गर्दैनौं । आलोचना मात्रै गर्दैनौं । राम्रोलाई पनि देख्छु । रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ । उसले पनि मिसन २०८४ भन्दैछ । मिसन २०८४ भन्दै गर्दा मैले मनमनै सोचे- मिसन २०८४ भनेको के हो ? के २००७ सालमा कांग्रेसले जस्तो बन्दुक बोकेर राणा शासन ढालेर हाम्रा हजुरबुबा आमाहरुलाई स्वतन्त्रता दिलाए जस्तै २०८४ सालमा त्यो हुने हो ? त्यो होइन ।
हिजो मंगलसेन र साँफेबगरमा एकै रातमा डेढ सय मान्छे मारिएको तपाईंहरुले बिर्सिनुभएको छ ? एकै रातमा भिडन्त हुँदा माओवादी, सेना र नागरिकहरु मारिँदै गर्दा तपाईंहरुले बिर्सिनुभएको छैन । अहिले के त्यस्तै हिंसा छ ? त्यसको अन्त्य हुने हो भन्दा त्यो पनि होइन । के हुने हो मिसन २०८४ मा ? संविधान बनेर चारचार पटक कम्युनिष्टहरु पालैपालो प्रधानमन्त्री बन्नुभयो ।
तर, सुशील कोइराला प्रधानमन्त्री भएकै दुई वर्षमा कांग्रेसले संविधान बनाएर देखायो । के हुने हो २०८४ सालमा ? यो देशमा संविधान छैन र संविधान बन्ने हो ? त्यो पनि होइन। २०८४ सालमा चुनाव हुने हो । त्यो हुन्छ । पहिला पनि भएकै हो । अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ । जिम्मेवार राजनीतिक दलले मस्तिष्कमा सधैं चुनाव राख्नु हुँदैन । ओलीजी र लामिछानेजीलाई चुनावको शुभकामना छ ।
भाउजू र छोरीलाई लुट्न नपाउने र जनतालाई सुविधा नेकपा एमालेले मात्रदेश जनताको लागि काम गर्छ कांग्रेस माओवादी बाईबाई