सुर्खेतबाट ओलीको दाबी- २०८४ मा एमालेको बहुमत नआए देश बर्बाद हुन्छ – Nepal Press

सुर्खेतबाट ओलीको दाबी- २०८४ मा एमालेको बहुमत नआए देश बर्बाद हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत नआए देश बर्बाद हुने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले देशको अस्तित्व रक्षाका लागि प्रत्येक वडा तहकै निर्वाचनमा एमालेले ५१ प्रतिशत ल्याउनुपर्ने बताए ।

उनले भने, ‘एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ । हामीले देशको अस्तित्व, स्वाभीमान र समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ । मिसन २०८४ हामीले अगाडि बढाइरहेका छौं । कतिले अहिले हतार गर्‍या भनिरहेका छन् । २०८४ मा चुनाव हुन्छ भनेर सबैले थाहा पाएका छन् ।’

अध्यक्ष ओलीले गठबन्धनको कारणले देशको अर्थतन्त्र ओरालो लागेको आरोप लगाए ।

सरकारले गुण्डाहरुलाई संरक्षण गरेको देखेर निराशा बढेको उनको भनाइ छ । उनले सरकारको कुनै नीति नै नभएको जिकिर गरे ।

अध्यक्ष ओलीले जनताले ५ वर्षको लागि निर्वाचित गरेर पठाए पनि सरकारले काम गर्न नसकेपछि एमाले नयाँ विचारका साथ अगाडि आएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर