महाधिवेशन सार्न नेकपा एसका नेता सहमत, मितिबारे अनिर्णित (भिडिओ) – Nepal Press

महाधिवेशन सार्न नेकपा एसका नेता सहमत, मितिबारे अनिर्णित (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको माघमा गर्ने भनिएको महाधिवेशन सार्न नेताहरु सहमत भएका छन् । यद्यपी, आज बसेको सचिवालले बैठकले अर्को मिति तय गर्न सकेन । सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशनबारे छलफल भएको बताए ।

उनले भने, ‘आज हामीले महाधिवेशनबारे छलफल गर्यौं । त्यसबारे थप निर्णय भोलि गछौं । भोलि बिहान ११ बजेबाट फेरि बैठक बस्छ ।’

उनले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष र सम्मानित नेताबीच कुनै विमति नरहेको दाबी गरे ।

उनले भने, ‘उहाँहरुले अहिलेसम्म सार्वजनिक रुपमा भन्नुभएको छैन । कुनै मतहरु नबाँझि महाधिवेशन हुँदैन । महाधिवेशन विचारहरुको विमर्श गर्ने ठाउँ हो । राजनीतिक, वैचारिक, संगठनात्मक पार्टीलाई अगाडि बढाउँनको लागि छलफल गर्ने ठाउँ हो ।

सम्मानित नेता झलनाथ खनालले पनि राष्ट्रिय अन्तराष्ट्रिय जटिलता लगायतको विषयमा छलफल भएको बताए । उनले भने, ‘महाधिवेशनबारे हामी छलफलमा छौं । माघ १० गते राष्ट्रियसभाको चुनाव हुने भयो । त्यसैले हामी सोच्दैछौं छलफल गर्दैछौं । निर्णय भएको छैन ।’

महाधिवेशनको मितिबारे छलफल भएपछि राष्ट्रियसभाको निर्वाचनको कारणले मिति तलमाथि हुनसक्ने बताए । महाधिवेशनमा नेतृत्वको दाबी गर्ने तयारी गरेको खनालले एकदुई साता मात्रै सार्नुपर्ने पक्षमा छन् ।

तर, माधव नेपालसहित अधिकांश नेताहरु एकदुई महिना नै सार्ने मनस्थितिमा छन् । नेताहरु महाधिवेशन सार्न सहमत भएपनि मितिबारे एकमत हुन सकेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर