अर्घाखाँचीका डा. चोपलाल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त
नेपाल प्रेस
२०८० मंसिर १८ गते १९:११
रुपन्देही । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा अर्घाखाँचीका डा. चोपलाल भुसाल नियुक्त भएका छन् । उनी नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपसभामुख पुष्पा भुसालका श्रीमान हुन् ।
मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । उनले पत्रसमेत बुझिसकेका छन् । डा. भगवान कोइरालाको कार्यकाल सकिएपछि डा. भुसाललाई अध्यक्ष नियुक्त गरिएको हो ।
उनी नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष, टिचिङ अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ, स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष हुन् । डा. भुसाल बङ्गलादेशका लागि राजदूतसमेत भइसकेका छन् ।
प्रतिक्रिया