इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु
काठमाडौं । इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ ।
इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ । पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए ।
उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । तीनै जना विस्फोटको बीचमा पश्चिमी इण्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ ।
समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाइमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ ।
अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायरा भित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।