जनकपुर उडेको बुद्ध एअरको जहाज काठमाडौं नै फर्किएपछि हेलिकप्टरमा गए प्रधानमन्त्री प्रचण्ड – Nepal Press

जनकपुर उडेको बुद्ध एअरको जहाज काठमाडौं नै फर्किएपछि हेलिकप्टरमा गए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान १ घन्टा १० मिनेट जहाजमा उडेर हेकिप्टरमार्फज जनकपुर गएका छन् । बिहान ८ः३५ मा काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ९ः४८ मा काठमाडौं नै आएर अवतरण गरेको थियो ।

त्रिभुवन विमान स्थलका प्रवाक्त सुवास झाले बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज बिहान ८ः३५ मा काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ९ः४८ मा काठमाडौं नै आएर अवतरण गरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान बुद्ध एयरको जहाजबाट जनकपुर जानु भएको थियो । तर, जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण जहाज अवतरण हुन नसकेपछि काठमाडौं नै फर्किएको हो । प्रधानमन्त्री हेलिकप्टरमार्फत पुनः जनकपुर नै जानुभएको थियो ।’

काठमाडौंबाट जहाज उड्दा जनकपुरको मौसम ठीक भएको तर जनकपुरमा अवरण गर्ने मौसम बिग्रिएको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर