भारतमा बम विस्फोटको योजना र २ युवकको हत्यासँग जोडिएका गिरी बाबासहित ७ जना सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
काठमाडौं । भारतमा बम विस्फोटको योजना र २ युवकको हत्यासँग जोडिएका गिरी बाबा भन्ने वृजकिशोर गिरीसहित ७ जना सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
भारतीय नागरिक अरुण राम र दीपक रामलाई उक्त समूहले २०७३ सालमा नेपालमा ल्याएर हत्या गरेको आरोप लागेको थियो । अरुण र दीपक काका भतिज हुन् । भारतमा बम विस्फोटको योजना कार्यान्वयन गर्न काका भतिज डराएपछि गिरी बाबा समूहले उनीहरुलाई नेपाल ल्याएर हत्या गरेको आरोप लागेको थियो ।
उक्त समूह आतङ्कवादी समूहसँग जोडिएको प्रहरीको दाबी थियो र त्यहीअनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भएर अभियोग पत्र दायर भएको थियो । दोषी ठहर भएका सबै अहिले कर्तव्य ज्यान मुद्दामा कारागारमा छन् ।