औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अवैधवालालाई बालेनले दिए समय – Nepal Press

औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अवैधवालालाई बालेनले दिए समय

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको छ ।

अनधिकृत व्यक्तिले औषधि बेचिरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनविना बिक्री भइरहेको गुनासो आइरहेको भन्दै मेयर बालेन शाहले त्यस्ता पसलहरूले तत्काल सुधारात्मक कदम चाल्न ध्यानाकर्षण गराएका छन् ।

यही मंसिर २९ भित्र आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने उनले जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *