एनसेलको सीईओलाई बयानका लागि बोलाउन सांसद स्वर्णिम वाग्लेको माग (भिडिओ)
नेपाल प्रेस
२०८० मंसिर २० गते १२:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले एनसेल ब्रिकी प्रकरणमाथि छानविन गर्न एनसेलको सीईओलाई पत्र काट्न माग गरेका छन् ।
एनसेलको शेयर खरिद ब्रिकीमा अनियमितता गरेको आंशकापछि अर्थ समितिले छलफलको लागि बोलाएको थियो । उनले अर्थ समितिमा बोल्दै समितिले एनसेलको सीईओलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।
लगानी बोर्डका सीईओ, अर्थमन्त्री, टेलिकमका अधिकारी, एनसेलको नेपाली साझेदारलाई पनि सँगै बोलाएर बृहत छलफल गरौँ ।’ उनले भने ।
यसै क्रममा रास्वपाले समितिका सभापति सन्ताेष चालिसे समक्ष माग पत्र समेत बुझाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर