जिल्लाको विकासलाई लिएर ओलीसमक्ष रुकुमपूर्वका दल र जनप्रतिनिधिले राखे सामूहिक माग – Nepal Press

जिल्लाको विकासलाई लिएर ओलीसमक्ष रुकुमपूर्वका दल र जनप्रतिनिधिले राखे सामूहिक माग

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुमपूर्वमा रहेका विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधिले जिल्लाको समग्र विकासमा ध्यानाकर्षण गराउँदै यसको नेतृत्व गरिदिन आग्रह गरेका छन् । पहिलेदेखि नेकपा माओवादीको बाहुल्य रहेको यो जिल्लामा एक दलले अर्को दलका कार्यक्रममा यसरी सामुहिक छलफल नगरेकाले पनि बुधबारको यो कार्यक्रमले सबैको ध्यान खिचिरहेको थियो ।

मंसिर १४ गतेबाट बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभन्जाङसम्म हिंडेको समृद्धिका लागि संकल्प यात्रा टोलीको नेतृत्व गर्दै मंगलबार राती रुकुमपूर्वमा आएका एमाले अध्यक्ष ओलीसँग बुधबार बिहानै रुकुमकोटमा सर्वदलीय सर्वपक्षीय टोलीले विकासमा पछि परेको र प्रशस्त सम्भावना रहेको रुकुमपूर्वको दीर्घकालीन विकासमा ध्यान दिन आग्रह गरेका हुन् । मध्यपहाडी लोकमार्गमा पर्ने यो हिमाली जिल्ला विकासका हरेक पक्षबाट पछाडि परेको भन्दै उनीहरुले राखेका विषयमा अध्यक्ष ओलीले विशेष चासो राखेर त्यहाँको वास्तविक समस्यालाई प्राथमिकताका आधारमा अघि सार्ने प्रतिवद्धता जनाएका छन् ।

रुकुमपूर्वमा एक संघीय निर्वाचन क्षेत्र, २ प्रदेशसभा निर्वाचन क्षेत्रका तीन गाउँपालिका र ३१ वडा रहेका छन् । जिल्लाको विकासका लागि सर्वदलीय प्रतिनिधि टोलीले पेश गरेका मुख्य योजनाहरु कार्यान्वयन गर्नसकेमा यहाँको जीवनस्तर र विकास निर्माणमा सघाउ पुग्ने अपेक्षा गरेका छन् । विशेषगरी यो टोलीमा एमालेका तीनै तहमा रहेका प्रभावशाली नेताहरुको सहभागिता रहेकाले पनि यहाँका सबै जनप्रतिनिधिले यसबारे चासो राखेको जनाएका छन् ।

ओलीसमक्ष जिल्ला समन्वय समिति रुकुम(पूर्व)का प्रमुख मेघबहादुर श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ तथा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी, जनमोर्चा, राप्रपाका नेताहरुले भेटेर जिल्लाको समग्र विकासका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले जिल्लामा रहेका प्रमुख खोलाहरुमा आधारित जलविद्युतको विकास, प्रस्तावित जलविद्युत उत्तरगंगा, रन्माखोला, पेल्माखोला, लुकुमगाड, बवाडगाड खोलामा विद्युतको विकास, फलाम, तामा लगाएत विभिन्न खनिज पदार्थहरुको अध्ययन, राणाकालमा सम्भाव्यता अध्यन गरिएको पाथिहाल्नामा आधुनिक विमानस्थलको निर्माणको संभावनालाई विशेष ध्यान दिन माग गरेका छन् ।

त्यसैगरी यहाँको प्रमुख समस्याको रुपमा रहेको युवा तथा बुद्धिजिवीहरुको पलायन, रुकुम पूर्व जिल्लाको डोरपाटन आरक्ष निर्माणमा ६० प्रतिशत योगदान भए पनि त्यसको प्रतिफल रुकुमले नपाएको, ढोरपाटन सिकार आरक्ष र पुचाउत्तरगंगा गाउँपालिकावासी जनताहरु बिचमा मध्यवर्ती योजनाको विचमा पुनर सिमांकन तथा आरक्षभित्र रहेको बस्तिको उपयुक्त बैकल्पिक व्यवस्थापन, प्रस्तावित उत्तरगंगा जलासयमा आधारित जलविद्युतको निर्माण गर्दा प्राकृतिक प्रवाहमै आधारित भएर निर्माण गर्नुपर्ने, जनयुद्ध कालमा प्रभावित घाइते, अपांग, सहिद तथा तिनका परिवारहरुको उचित व्यवस्थापन शिक्षादिक्षा र रोजगारिको समस्या, बेलायती सेनाको असमान सुविधा, वैदेशिक रोजगारीले ल्याएको सामाजिक सांस्कृतिक प्रतिकूल प्रभाव, सदरमुकामस्थित कुनै पनि संघ, प्रदेश र स्थानीय तहका भवनहरुको निर्माण हुन नसकेको विषयलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

यस्तो छ- सर्वदलीय टोलीले ओलीसमक्ष राखेका माग:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर