हेटौंडा-काठमाडौं छोटो मार्ग समयमै सक्न व्यवसायीलाई सांसद बर्तौलाले दिए निर्देशन – Nepal Press

हेटौंडा-काठमाडौं छोटो मार्ग समयमै सक्न व्यवसायीलाई सांसद बर्तौलाले दिए निर्देशन

हेटौंडा । हेटौंडा-काठमाडौं छोटो सडकमार्गहरु निकै सुस्त गतिमा निर्माण हुँदा ति सडकमार्ग भएर यात्रा गर्ने यात्रु तथा स्थानीयहरु मारमा परेको गुनासो बढ्दै गएपछि मकवानपुर क्षेत्र नम्बर २ का सांसद तथा एमाले सचेतक महेशकुमार बर्तौलाले सडक निर्माणको जिम्मा पाएका व्यवसायीलाई सिंहदरबार बोलाएर काम छिटो तथा समयमानै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सचेतक बर्तौलाले हेटौंडा काठमाडौं छोटो मार्ग अन्तर्गतको हेटौँडा-कुलेखानी-चखेल-काठमाडाैं सडक निर्माणको जिम्मा पाएका व्यवसायीलाई सिंहदरबार बोलाएर निर्देशन दिएका हुन् ।

बर्तौलाले सडक निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहरु मारमा पर्ने गरेको, दुर्घटनाको जोखिम बढेको र धुलो र हिलोको कारण स्थानीयहरुको स्वास्थ्यमा समेत समस्यद देखिन थालेको भन्दै कामलाई समयमा सक्न दिर्नेशन दिएका हुन् । बर्तौलाले आज निर्माण ब्यवसायी शिव चौँलागाई सहितको टिमलाई काठमाण्डौँ बोलाएर निर्देशन दिएका हुन् ।

निर्माण ब्यवसायीहरुले प्राप्त गरेको ठेक्का समयमा सक्नुपर्ने दायित्व बहन गर्नुपर्ने भन्दै बर्तौलाले राज्यबाट प्राप्त ठेक्काका कामहरुलाई ब्यवसायीले तिब्र गतिमा गर्नुपर्ने बताए ।

हेटौँडाबाट सबैभन्दा छोटो सडक मार्गको रुपमा रहेको चखेल सडकखण्डको काम सुस्त भएको भन्दै स्थानीयवासीले गुनासो गरेको र सडकको अवस्थाबारे मिडियामा समाचारहरु समेत प्रकाशिन भएपछि सांसद बर्तौलाले चौँलागाईलाई बोलाएर निर्देशन दिएका हुन् । हेटौँडाबाट काठमाण्डौँ जाने सडकको अवस्था जर्जर रहेको भन्दै नेपालप्रेसले मंसिर १९ गते मंगलबार समाचार प्रकाशन गरेको थियो ।

सांसद बर्तौलाको निर्देशन पछि ब्यवसायी चौँलागाईले आफुहरु अब तालिका बनाएर कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न लागिपर्ने बताए बताए ।

हेटौँडाबाट काठमाण्डौँ पुग्ने हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ, सिस्नेरी, चखेल तथा चित्लाङ सडकखण्डको अवस्था जर्जर बन्दा दैनिक हजारौ यात्रुले सास्ती बेहर्नुपरेको सन्र्दभमा बर्तौलाले अब नियमित सबै सडक निर्माणको जिम्मा पाएका निर्माण ब्यवसायीलाई बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर