चीनमा खुल्यो विश्वकै पहिलो फोरजी आणविक भट्टी – Nepal Press

चीनमा खुल्यो विश्वकै पहिलो फोरजी आणविक भट्टी

काठमाडौं । चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा आएको छ । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार चिनियाँ प्रान्त सान्तोङमा भट्टी सञ्चालनमा आएको हो ।

चिनियाँ रास्ट्रिय ऊर्जा प्रशासनलाई उद्धृत गर्दै आरटीले जनाएअनुसार चीनले आणजिक ऊर्जा उत्पादनमा फोरजी प्रविधि ल्याएर विश्वकै नेतृत्वदायी काम गरेको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार उक्त फोरजी भट्टीबाट उत्पादन हुने आणविक ऊर्जाले रेडियोधर्मी तत्वको आयतन, अम्लपन र आयु कम गर्नेछ । एजेन्सीका अनुसार चीन आणविक ऊर्जा उत्पादनमा विश्वको तेस्रो ठूलो देश हो । पहिलो फ्रान्स र दोस्रो अमेरिका रहेका छन् । सन् २०३० बाट भने चीन विश्वकै अग्रणी आणविक ऊर्जा उत्पादक हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *