बागमती प्रदेशले तोक्यो एमाले रामेछाप जिल्ला, प्रदेश र पालिका इन्चार्ज
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले रामेछापको भूगोलमा काम गर्नेगरी इन्चार्जहरु तोकेको छ । प्रदेश कमिटीको बैठकले नवनिर्वाचित सदस्यहरुको जिम्मेवारी तोकेर जिल्लामा पठाएको छ ।
रामेछाप जिल्ला इन्चार्जको रुपमा प्रदेश कमिटीले पूर्व जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेललाई जिम्मेवारी दिएको छ । उनले संघीय निर्वाचन क्षेत्र इन्चार्जको भूमिका पाएका छन् ।
प्रदेश १ को इन्चार्ज उमाकुण्ड गाउँपालिका अध्यक्ष समेत रहेका शेरवहादुर सुनुवार तोकिएका छन् भने प्रदेश २ मा खाँडादेवीका पूर्व गाउँपालिका अध्यक्ष प्रेम तामाङ इन्चार्ज तोकिएका छन् ।
त्यस्तै, पालिका इन्चार्जमध्ये उमाकुण्डमा गंगा कार्की, लिखुमा दिपशिखा दाहाल,गोकुलगंगामा अर्जुन कार्की, मन्थलीमा माया कार्की, रामेछापमा गोपाल श्रेष्ठ, खाडादेवी र सुनापतिमा ज्ञानकुमार श्रेष्ठ र दोरम्बा इन्चार्जमा मन्थलीका मेयर लब श्रेष्ठ इन्चार्ज तोकिएका छन् ।